चेल्सी युइएफए सुपर कप च्याम्पियन

च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । युरोपा लिगा विजेता स्पेनिस क्लब भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

खेलको पहिलो हाफमै चेल्सीका हकिम जियचले गोल गर्दै टोलीलाई अग्रता दिए । दोस्रो हाफमा भिल्लारियलका जेरार्ड मोरेनोले एक गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुग्यो ।

अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको छिनोफानो टाई ब्रेकरबाट भएको हो । टाई ब्रकेरमा चेल्सी ६–५ ले विजयी भयो ।

सुरुवाती ५ प्रहारमध्ये दुबै टोलीले ४–४ गोल गरेपछि सडन डेथबाट विजेता छानिएको हो । सडन डेथको दोस्रो प्रहारमा भियारियालका कप्तान राउल अल्बियोलको प्रहार चेल्सीका गोलरक्षक केपा अरिजाबालागाले रोकेपछि चेल्सी विजयी भएको हो ।

युएफा सुपर कपमा च्याम्पियन्स लिग र युरोपा लिग विजेताले प्रतिस्पर्धा गर्ने गरेका छन् । सुपर कपको उपाधिसँगै चेल्सीले यो सिजनको इंग्लीश प्रिमियर लिगमा राम्रो दाबेदारी दिने संकेत गरेको छ । प्रिमियर लिगको नयाँ सिजन भोलिबाट सुरु हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार