सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, ५ लाख ४० हजार जनालाई मात्र

साढे १७ लाख बढीलाई परेन

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आज शनिबार बाँडफाँड भएको छ । सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर ५ लाख ४० हजार जनाले हात पारेका छन् ।

कम्पनीको साधारण सेयरमा आवेदन दिएका योग्य आवेदकमध्ये ५ लाख ४० हजारले मात्र सेयर पाए । १७ लाख ६८ हजार १ सय २२ जनाको हात खाली भयो ।

कम्पनीको साधारण सेयर माग गर्दै २४ लाख १९ हजार ८ सय ४८ आवेदनले खरिदका लागि आवेदन दिएका थिए । कुल आवेदन मध्ये एक लाख ११ हजार ७ सय २६ रद्द भएको छ ।

कम्पनीको आइपीओ मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर वितरण भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार