नबिल बैंकको नाफा ३० प्रतिशतले बढ्यो

नबिल बैंकको मूनाफा ३० प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकले खुदनाफा १ अर्ब ४ कोड ११ लाख रुपैयाँ बढाएको सोमबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको वितरणयोग्य नाफा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ रहेको छ । बैंकले गत आवमा २ खर्ब २३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब बढी कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १७.१२ र कर्जा ३३.८० प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ९८ करोड रहेको खूद ब्याज आम्दानी बढेर ७ अर्ब ७२ करोड ५ अर्ब ९ करोडमा सीमित सञ्चालन नाफा बढेर ६ अर्ब ४३ करोड पुगेको छ ।

यस्तै गत वर्ष बैंकले पुरानो कर्जा ६५ करोड ९९ लाख रुपैयाँ असुली गरेको छ । नबिलको निष्क्रिय कर्जा अनुपात घटेर ०.७८ प्रतिशत कायम भएको छ ।

अघिल्लो वर्ष यस्तो कर्जा अनुपात ०.९८ प्रतिशत थियो । बैंकको निक्षेप लागत ४.४१, सीसीडी रेसियो ७९.२२, आधारदर ५.८६ र ब्याजदर अन्तर (स्प्रेड) ३.७९ प्रतिशत रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३४.३० रुपैयाँबाट घटेर ३२.३० रुपैयाँमा झरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार