ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब १२ करोड

ग्लोबल आइएमई बैंकले खुद नाफा ४१.८७ प्रतिशतले बढाएको छ । बैंकले सोमबार वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा गरेको हो ।

अघिल्लो वर्षको यसै अवधिमा बैंकले २ अर्ब ९० करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष खुद नाफा १ अर्ब २१ करोड रुपैयाँ बढेको बैंकले जनाएको छ ।

बैंकको खुद व्याज आम्दानी ९.४७ प्रतिशतले बढेको छ । बैंकको खुद व्याज आम्दानी ९ अर्ब रुपैयाँ पुगेको छ । बैंकले उच्च ऋणका कारण एक अर्ब १८ करोड रुपैयाँ नोक्सानी व्यवस्थापन नै गर्नु परेको छ ।

बैंकले सर्वसाधारणको निक्षेप साढे २६ प्रतिशतले बढाएको छ भने ऋण विस्तार २०.२५ प्रतिशतले बढाएको छ । बैंकसँग कुल निक्षेप २ खर्ब ६८ अर्ब र ऋण २ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा घटेर १.४२, निक्षेप लागत ४.६६, सीसीडी ७६.३१, आधारदर ६.६ र ब्याजदर अन्तर (स्प्रेड) ३.६५ प्रतिशत रहेको छ ।

नाफा वृद्धिसँगै प्रति सेयर आम्दानीमा सुधार आएको छ । १५.३३ रुपैयाँको प्रति सेयर आम्दानी १९.०८ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २३ गुणा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार