नबिल बैंकका ग्राहकले अब एटीएमबाटै रकम जम्मा गर्न सक्ने

काठमाण्डौ। आफ्ना ग्राहकको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले ‘नबिल क्यास मेसिन’ जारी गरेको छ।

आधुनिक बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित हुँदै यस नबिल क्यास मेसिनले ग्राहकलाई एटीएममार्फत रकम झिक्नेमात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ। यस प्रविधि नबिल बैंकले सुरुआतमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ।

अब ग्राहकले मेसिनमा रु। १०००, ५०० र १०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् भने एकपटकमा रु। ९९ हजार ९०० जम्मा गर्न सक्नेछन्। साथै यसमार्फत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्नेछन्। साथै यसमार्फत ग्राहकले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्नेछन्।

आफ्नो देशभर १३५ वटा शाखा कार्यालय, १८४ एटीएम र १ हजार ५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिसकेको छ। एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीका साथ ३७ वर्षे बैंकिङ अनुभवका साथ बैंकका ग्राहकलाई मूल्य अभिवृद्घि गर्न उच्चसेवा वितरणका लागि लक्षित छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार