कुमारी बैंकद्वारा ३ नयाँ शाखा विस्तार

काठमाण्डौ । आफ्नो सेवा विस्तार गर्ने क्रममा कुमारी बैंक लिमिटेडले थप ३ ठाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा र गण्डकी प्रदेश कास्कीस्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो। यीसँगै कुमारी बैंकको देशभरि नै १९६ वटा शाखा कार्यालय विस्तार भएका छन्।

काठमाण्डौ उपत्यकामा ४६, उपत्यकाबाहिर १५०, तथा १३ वटा एक्स्टेन्सन काउन्टरहरूबाट बैंकले ग्राहकहरूसमक्ष सेवाहरू प्रदान गरिरहेको छ। कोरोना महामारीले ल्याएको विषम परिस्थितिमा पनि बैंकले ग्राहकको सेवालाई मध्यनजर गर्दै थप शाखाहरु विस्तार गरेको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार