सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै बिग बास खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् ।

अस्ट्रेलियन फ्रेन्चाइज टिम होबार्टले नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरिएको जनाएको छ । सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए । गएको सिजनमा उनले होबार्टका लागि ८ खेलमा ८ विकेट लिएका थिए । त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए ।

बिग बासको नयाँ सिजन आउँदाे डिसेम्बर ५ तारिखदेखि २०२२ को जनवरी २८ तारिखसम्म हुने छ । सन्दीप अहिले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि ओमानमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार