नेपाली क्रिकेट टिमका प्रशिक्षक वाटमोरले दिए राजीनामा

डेभ वाटमोरले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका छन्।  उनले ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपाली टिमको प्रशिक्षकबाट राजीनामा दिने भन्दै नेपाल क्रिकेट संघ (क्यान) लाई इमेल लेखेका छन्।  सेप्टेम्बर १३ देखि २० सम्म हुने नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिज मुख्य प्रशिक्षकबाट बिदा लिन चाहेको उनले उल्लेख गरेका छन् । राजीनामा पत्रमा उनले महामारीका बेलामा परिवारसँग टाढा बस्नु उपयुक्त नलागेको उल्लेख गरेका छन् ।

उनी २ पुस २०७७  पुसमा नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएका थिए। वाटमोरले आगामी जनावरी १ देखि लागू हुने गरी एक वर्षका लागि नेपाली टिम सम्हाल्नेका थिए। श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन्। ६७  वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ।  उनको डिसेम्बरसम्म क्यानसँग सम्झौता रहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार