लुक्लामा एक सातादेखि हवाई उडान ठप्प

उपभोग्य वस्तुको अभाव

निरन्तरको बर्षातका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सात दिनदेखि हवाई उडान ठप्प छ । निरन्तर झरीका कारण लुक्लामा बाक्लो कुहिरो लागेकाले कुनै पनि विमानले उडान भर्न सकेका छैनन् ।  उडान बन्द हुँदा लुक्ला सहित आसपासका क्षेत्रमा तरकारी, फलफूलका साथै मासु, अण्डा लगायत दैनिक उपभोग्य बस्तुको अभाव भएको छ ।

भदौ ३ गते यता कुनै उडान हुन नसक्दा अन्य खाद्यान्न यसअघि भण्डारण गरेर राखिएकाले समस्या नभए पनि तरकारी तथा फलफूलहरु भने भण्डारण गर्न नमिल्ने भएकाले समस्या भएको छ । त्यस क्षेत्रमा उत्पादन नहुने र सडक यातायातको पहुँच नपुगेकाले ताजा तरकारी, मासु, अण्डा, फलफुलका लागि हवाई सेवामै भर पर्नु परेको हो ।

पर्यटकीय सिजन नभएपनि फाट्टफुट्ट पर्यटक पुगिरहेकाले उनीहरुलाई सेवा दिन समस्या हुन थालेको होटल व्यवसायीहरुले बताएका छन् । उडान नहुँदा करिब ३० जना भन्दा बढी यात्रु लुक्लामै रोकिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार