हवाई यात्रुले अब फेसशिल्ड लगाउनु नपर्ने

आन्तरिक हवाई यात्रामा अनिवार्य गरिएको फेसशिल्डको प्रयोग हटाइएको छ । १ सेप्टेम्बर (बुधबार) देखि लागु हुने गरी फेसशिल्डको अनिवार्य प्रयोग हटाइएको वायुसेवा संचालक संघले जनाएको छ ।

वायुसेवा सञ्चालक संघले मंगलबार गरेको निर्णयअनुसार अब जहाजमा यात्रा गर्दा मास्क मात्र अनिवार्य गर्ने भएको हो ।

संघका प्रथम उपाध्यक्ष अनोज रिमालले सुरक्षित तवरले मास्क लगाएको खण्डमा पूर्ण सुरक्षित हुने पुष्टि भइसकेको र संसारमा अन्य कुनै पनि वायुसेवाहरुले फेसशिल्डलाई अनिवार्य नगरेकोले यहाँ पनि हटाउने निर्णय गरिएको बताए ।

मास्कसँगै फेसशिल्डको प्रयोगले असहजता सिर्जना गर्नुका साथै प्रयोगमा आइसकेका फेसशिल्डहरु एयरपोर्टहरुमा जथाभावी फाली दिनाले असुरिक्षत हुनुको साथै पर्यावरणीय समस्यासमेत देखिएको संघको ठहर छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार