एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार १९५ रुपैयाँ कायम गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार