प्रोटोनले ल्यायो चाडपर्व लक्षित ‘दशैं-दक्षिणा’ योजना

चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोनले दक्षिणा सहितको ुदशैं(दक्षिणाु योजना ग्राहक समक्ष प्रस्तुत गरेको छ ।

खेर जान दिनै नसकिने अफरहरु सहितको यस योजना भदौ १७ गतेबाट सुरु भएर चाडपर्वको मौसम भरी चल्ने कम्पनीले जानकारी दिएको छ । योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स७० गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको अफरयुक्त दक्षिणा पाउन सक्नेछन् ।

जस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजार देखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप पाउन सक्नेछन् । यसैगरी पूरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि यस योजनाले ५० हजार देखि २ लाख ५० पचास हजारसम्म छुटको व्यवस्था गरेको छ ।

प्रोटोन दशैं-दक्षिणा योजना अन्तर्गत ग्राहकले आकर्षक व्याजदर सहितको किस्ताबन्दीमा पनि सवारी खरिद गर्न सक्नेछन्, जसका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ एण्ड क्रेडिट को ओपरेटिभ लिमिटेडले इन-हाउस फाइनेन्सिङको सुविधा प्रदान गर्दै आइरहेको छ ।

यी सेवाका अतिरिक्त नयाँ सवारी खरिदमा ग्राहकले विभिन्न पाटपुर्जा तथा चाहिने उपकरणहरु समेत सित्तैमा पाउनेछन् ।

चाडपर्वको अवसरमा अफर समायोजन नगरी प्रोटोन सागाको सुरुआती मूल्य ३७ लाख ९९ हजार राखिएको छ भने प्रोटोन एक्स७० को सुरुआती मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले यो योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा मात्र लागू हुने जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार