दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपाल २–१ ले पराजित भएको छ । आइतबार भएको मैत्रीपूर्ण खेलको पहिलो हाफमा बराबरी खेलेको भारतले दुवै गोल दोस्रो हाफमा गरेको थियो । नेपालका लागि तेज तामाङले ८६ औं मिनेटमा सान्त्वना गोल गरे ।

यसअघि भारतका फारुख चौधरीले ६३ औं मिनेटमा र कप्तान सुनील क्षेत्रीले ८० औं मिनेटमा एक उक गोल गरे ।

दुई टोलीबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । भारतविरुद्ध नेपालले अहिलेसम्मका २१ भेटमध्ये केबल दुई खेल मात्रै जितेको छ । आइतबारको नतिजासँगै १४ खेल भारतले जित्यो भने पाँच खेल बराबरीमै टुङ्गिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार