चम्चाको भरमा सुरुङ बनाई ६ कैदी कारागारबाट फरार

इजरायलको एक कारागारबाट ६ जना प्यालेष्टेनी कैदी फरार भएका छन् । इजरायलको उत्तरी क्षेत्रमा रहेको गिलबोआ कारागारको भुईँमा खाल्डो खनेर सुरुङ बनाई उनीहरू फरार भएका हुन् ।

कडा सुरक्षा घेरामा रहेको उक्त कारागारको शौचालयबाट चम्चाको भरमा खाल्डो खन्दै सुरुङ बनाइ उनीहरू फरार भएका हुन् । फरार हुनेहरूमा प्यालेष्टाइनको आतङ्कवादी समूह अल अक्साका एक पूर्व नेता र पाँच इस्लामिक जिहाद समूहका सदस्य रहेको खुलासा भएको छ ।

उता प्यालेष्टेनी विद्रोही समूह अल अक्साले भने आफना सदस्यहरू कारागारबाट भाग्नु ठुलो उपलब्धिको रूपमा व्याख्या गरेको छ । जेल प्रशासनले नियमित रूपमा गर्ने कैदीको सङ्ख्या गणनामा ६ जना नभेटेपछि उनीहरू फरार भएको खुलासा भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार