पपुवा न्यूगिनीमाथि नेपालको संघर्षपूर्ण जित

युवा व्याट्सम्यान रोहित कुमार पौडेल र सोमपाल कामीको उत्कृष्ट साझेदारीले नेपालले पहिलो ओडिआई खेलमा पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको छ ।

पीएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ६३ बल अगावै पूरा गरेको हो । जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।

ओपनरद्वय कुशव भुर्तेल र आसिफ शेखको साझेदारी राम्रो भएपनि त्यसपछि आएका अन्य व्याट्समेनले राम्रो प्रदर्शन गर्न सकेनन् । ८२/७ को अवस्थामा पुगेको बेला सोमपाल रोहितलाई साथ दिन मैदान प्रवेश गरेका थिए । रोहितले ६५ बलमा ४१ रन जोड्दै आउट भएका थिए भने सोमपाल अविजित ३२ बलमा २२ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो । ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए । सन्दीपले १० ओभर बलिङ गर्दै केवल ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार