गुजरातका मुख्यमन्त्रीले दिए राजीनामा

भारतको गुजरात राज्यका मुख्यमन्त्री विजय रुपाणीले राजीनामा दिएका छन् । उनले गुजरातको विकास प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नयाँ नेतृत्वले गर्नेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार रुपाणीले शनिबार गुजरातका गर्भनर आचार्य देवव्रतलाई भेटेर आफ्नो राजीनामा बुझाएका छन् । ६५ वर्षीय रुपाणीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भारतीय जनता पार्टी विचारले सञ्चालन हुने दल रहेकोले कार्यकत्र्ताको भूमिका परिवर्तन भइरहने बताए ।

गुजरातमा विधान सभाको चुनाब हुन करिब एक वर्ष बाँकी रहदा मुख्यमन्त्री रुपाणीले राजीनामा दिएका हुन् । उनी सन् २०१७ को अगष्ट सातमा मुख्यमन्त्रीको पदभार ग्रहण गरेका थिए ।

सन् २०१७ को विधान सभा चुनाबमा भारतीय जनता पार्टीले १८२ सिटको विधान सभामा ९९ सिट जितेको थियो । काँग्रेस आईले ७७ सिट जितेर प्रमुख प्रतिपक्षीको भूमिकामा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार