दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

Image

नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धान अघि बढाउने निर्णय गृहमन्त्री सुधन गुरुङले गरेका छन् । मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उनले पहिलो चार निर्णयमा २०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताएका हुन् ।

यस्तै उनले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने पनि बताए । आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने तर नेपाली चेलीहरूलाई दुस्ख दिएको सहन नसक्ने उनले बताए ।

आफूमाथि तथ्यबिनै आरोप लगाएको उनको जिकिर छ । यसैगरी उनले केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने दाबी गरेका छन् ।छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने र हरेक फाइल खोल्ने उनले निर्णय गरेका छन् ।