चितवनविरुद्ध टस जितेर ललितपुर प्याट्रियट्स ब्याटिङमा

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सविरुद्ध ललितपुर प्याट्रियट्सले टस जितेर ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ब्याटिङ रोजेसँगै सोमपाल कामीको कप्तानीमा रहेको चितवनले सुरुवाती फिल्डिङ गर्नेछ ।

आज चितवन लगातार चौथो जितको खोजीमा हुनेछ । जारी चौथो संस्करणको प्रतियोगितामा चितवनले तीन खेलमा तीन जितसहित ६ अंकसिहत शीर्षस्थानमा छ ।

ललितपुर भने दोस्रो जितको खोजीमा छ । चार खेलमा एक जित दुई हार र एक खेलमा अंक बाँडेको ललितपुर तीन अंकसहित चौथो स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार