अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त शहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा ७ जना व्यक्तिको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । प्रान्तीय अधिकारी माल्लवी मोहम्मद साबिर सबारीले बिहीबार दिएको जानकारी अनुसार विष्फोटन बुधवार अबेर मझहरुल अलुम मदरसा (मजहरुल अलम धार्मिक विद्यालय) मा भएको थियो। उक्त विष्फोटनमा ७ जना विद्यार्थीको मृत्यु भएको थियो भने अन्य जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको स्थानीय अधिकारीले जनाएका छन् । उक्त घटना हुँदा ती विद्यार्थी खानी भत्काउनमा व्यस्त थिए ।
फेसबुकबाट प्रतिक्रिया