मालीमा त्यहाँका आतंककारीहरुले गरेको आक्रमणमा परेर कम्तीमा पनि १६ सैनिक मारिएका छन् । मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो । मध्य मालीमा बुधबार आतंककारीहरुले सेनामाथि नै हमला गरेका थिए । मालीको सेनाले त्यहाँका अरु ९ सेना घाइते भएका बताएको छ ।
मध्य मालीको बान्डिगारा बाटोमा सेनाको गस्तीका क्रममा आतंककारीहरुले हमला गरेका थिए । बुधबार त्यहाँको राष्टिय सेनाले प्रकाशन गरेको विज्ञप्तिमा आतंककारीहरुले गरेको हमलामा परेर ११ जना सेना र १५ जना आतंककारी मारिएको जनाएको थियो ।
सो आक्रमणका क्रममा घाइते भएकाहरुको बिहीबार निधन भएको थियो । त्यहाँको सेनाले सो हमला निकै शक्तिशाली र घातक रहेको भन्दै आक्रमणबाट मारिनको संख्या अझ बढ्न सक्ने जनाएको छ ।