जापानमा शक्तिशाली भूकम्प गएको छ । राजधानी टोकियोबाट पूर्व रहेको चिवालाई केन्द्रविन्दु बनाएर ६ दशमलव १ म्याग्नेच्युडको भूकम्प गएको हो । शुक्रबारको भूकम्प सन् २०११ पछिकै शक्तिशाली भएको जनाइएको छ ।
भूकम्पबाट केही भवन तथा संरचना भत्किएका छन् । भूकम्पपछि सुनामीको खतरा नभएको जनाइएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।