भारतको केरला राज्यमा परेको भीषण वर्षा र पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ ।
इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछि आएको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा १३ जना बेपत्ता भएका छन् । कोटयाममा ९ जनाको र इडुक्कीमा २ जनाको शव भेटिएको थियो ।
पीडितलाई राहत प्रदान गर्न र हराइरहेका व्यक्तिको खोजीलाई तीव्र पारिएको केरलाका मुख्यमन्त्री पिनारेइ विजयानले बताए ।
बाढी प्रभावित क्षेत्रमा सेना, पनडुब्बी र हवाई फौज परिचालन गरिएको छ । पहिरोले रुख ढाल्दा विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ ।
अझै पनि पानी परिरहेकोले उद्दार कार्य प्रभावित भएको छ ।