स्वेदश फर्कियो साफ उपविजेता नेपाली टोली, विमानस्थलमा भव्य स्वागत

साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएको हो । खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । यस्तै, फुटबल समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फुटबल टोलीको स्वागतमा नेपाली सेनाको ब्यान्डले मंगल धून बजाएको थियो । प्रशंसकहरूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पक्षमा नारासमेत लगाएका थिए । मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

साफ च्याम्पियनसिपको २८ वर्षको इतिहासमा नेपाली टोलीले पहिलो पटक फाइनल खेलेको हो । नेपालले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । नेपालले साफ च्याम्पियनसिपमा उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० गोलले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलले हराएको थियो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपाली टोलीले राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो।

कमजोर सुरुवात गरेको भारतले आठ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो । नेपाल सात अंकका साथ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको थियो । एक महिना लामो समयपछि नेपाली टोली स्वदेश फर्कन लागेको हो । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली गत भदौ २५ गते कतार गएको थियो । कतारमा तयारी गरेपछि साफ च्याम्पियनसिपका लागि असोज ११ गते माल्दिभ्स पुगेको थियो । कतारमा नेपालले दुई वटा मैत्रीपूर्ण खेलसमेत खेलेको थियो ।

कतार जानुअघि नेपाली टोलीले चैत १७ र २० गते दशरथ रंगशालामा भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा १–१ को बराबरी गरेको नेपाल दोस्रो खेलमा भारतसँग २–१ गोलले पराजित भएको थियो । नेपालले साफ च्याम्पियनसिपमा उत्कृष्ट सुरुवात गरेको थियो ।

पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० गोलले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलले हराएको थियो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपाली टोलीले राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो। कमजोर सुरुवात गरेको भारतले आठ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो । नेपाल सात अंकका साथ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार