अभ्यास खेलमा भारतले इंग्ल्याण्डलाई हरायो

सातौँ संस्करणको टि-ट्वान्टी विश्वकपअघि अभ्यास खेलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको छ ।

युएईमा सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले तीन विकेट गुमाएर १९ ओभरमा भेट्टायो । भारतको लागि इशान किशनले सर्वाधिक ७० रन बनाए। यस्तै केएल राहुलले ५१ रन जोडे ।

इंग्ल्याण्डको बलिङमा डेभिड विलि, मार्क वुड र लियाम लिभिंगस्टोनले समान १/१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। इंग्ल्यान्डको लागि जोनी बेयरस्टोले सर्वाधिक ४९ रन बनाए । यस्तै मोइन अलीले ४३ रन बनाए ।

भारतका मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । विश्वकपअघि दोस्रो अभ्यास खेलको रुपमा भारतले २० अक्टोबरमा अस्ट्रेलियासँग तथा इंग्ल्यान्डले न्युजिल्यान्डसँग खेल्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार