रुसको एक कारखानामा विष्फोटपछि आगलागी हुँदा १५ जनाको मृत्यु

रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

घटनाको समयमा उक्त कारखानामा १७ जना कामदारहरू थिए । औद्योगिक विष्फोटक पदार्थ उत्पादन गर्ने उक्त कारखानामा १५ जानाको शव भेटिएको छ ।

विष्फोटन पश्चात् १६० वर्ग किलोमीटर क्षेत्रमा लागेको आगो निभाइएको छ । विष्फोटनमा कार्यशाला भवन पूर्णरुपमा ध्वस्त भएको छ । घटनाको कारण अझै पत्ता लागेको छैन ।

सम्बन्धित समाचार