जापानी राजकुमारी माकोले पदवी त्यागेर प्रेमीसँग विवाह गरिन्

जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी छिन् । राजकुमारी माकोले मंगलबार शाही पदवी त्याग्दै कलेजका साथी तथा प्रेमी कोमुरोसँग विवाह गरेकी हुन् ।

स्थानीय समयअनुसार मंगलबार बिहान १० बजे उनीहरूले विवाह दर्ताको फर्म बुझाएका थिए । माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण व्यक्ति केइ कोमुरोसँग विवाह घोषणा गरेकी थिइन् । विभिन्न कारणवश उनीहरूको बिहे धकेलिँदै आएको थियो ।

धुमधामसँग विवाह नगरेको यो जोडीले आजै दिउँसो पत्रकार सम्मेलन गर्न लागेको छ । कोमुरोसँग विवाहसँगै माकोले ुराजकुमारीु को उपाधि त्यागेकी छन् ।

राजपरिवारको सहमतिपश्चात राजपरिवार बाहिरका कोमुरोसँग माकोको विवाह भएको हो । जापानको राजपरिवारको नियमानुसार सामानय नागरिकसँग विवाह गरेमा शाही पदवी छाड्नुपर्नेछ । साथै परिवार छाड्दा आउने रकम लिन पनि उनले अस्वीकार गरेकी छन् । यस्तो गर्ने उनी जापानी राजपरिवारको पहिलो महिला सदस्य हुन् ।

सम्बन्धित समाचार