अफगानिस्तानको जलालाबाद शहरमा एउटा मस्जिदमा बन्दुकधारीले एकै परिवारका आठ जनाको हत्या गरेका छन् । स्थानीय प्रहरीका अनुसार जमिनको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ । प्रान्तीय गभर्नर जैउलहक अमरखिलले घटनामा पाँच जना दाजुभाइ र तीन जना भाइभतिज मारिएको जानकारी दिए ।
नान्गरहर प्रहरीका प्रवक्ता फरीद खानले शनिबार राति उक्त घटना भएको पुष्टी गरे । अफगानिस्तानमा प्रतिशोध हत्या निकै हुने गरेको छ, र यस्तो घटना निकै पुस्तासम्म चल्ने गरेको छ । मुस्लिमको पवित्र रमजान पर्वका दिनहरुमा साँझपख मस्जिदमा गएर प्रार्थना गर्ने चलन छ । यहीक्रममा उक्त घटना भएको हो ।