दक्षिणी अफ्रिकाका तीन देश मोजाम्बिक, मालावी र मदागास्करमा वर्षासँगै उष्ण कटिबन्धीय आँधी ‘आना’ का कारण ७० जनाकाे मृत्यु भएकाे छ ।
मदागास्करमा ४१, मोजाम्बिकमा १८ र मालावीमा ११ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार संस्था एएफपीका अनुसार तीन देशका उद्धारकर्मीले पूर्ण क्षतिको मूल्यांकन गर्न कठिनाइ भइरहेको बताएका छन्।