रसियालाई अमेरिकाको चेतावनीः युक्रेनमाथि हमला गरे पुटिनका मानिसलाई प्रतिबन्ध

रसियाले युक्रेनमाथि हमला गरे अमेरिकाले राष्ट्रपति भ्लादमिर पुटिनका भित्रि सर्कलका मानिसहरुमाथि प्रतिबन्ध लगाउने अमेरिकाले चेतावनी दिएको छ । ‘हामीले पहिचान गरेका व्यक्तिहरु क्रेमलिनको भित्रि वा नजिकको वृत्तका छन् र उनीहरुले सरकारको निर्णयमा भूमिका खेल्छन्’ ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पास्कीले भनिन् ।

उनले अगाडि भने, ‘रसियाका इलाईट र उनीहरुका परिवारका सदस्यहरुका लागि हामीले विशेष प्रतिबन्ध प्याकेज तयार गरेका छौं’, उनले भनिन् ।

युक्रेन मामिलालाई लिएर पछिल्लो समय अमेरिका र रसियाबीचको तनाब बढ्दो छ । रसियाले युक्रेनको सीमानजिक एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । रसियाले युक्रेनमाथि अतिक्रमण गर्न लागेको पश्चिमेली राष्ट्रहरुले अनुमान गरेका छन् ।

सम्बन्धित समाचार