अमेरिका र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता : सुरक्षा अवस्थाका बारेमा कुराकानी

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीचमा टेलिफोन वार्ता भएको छ । वार्ताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्किीलाई फोन गरेको ह्वाइट हाउसले जनाएको छ ।

युक्रेनमा पछिल्लो समयमा देखिएको सुरक्षा अवस्थाका बारेमा उनीहरूका बीचमा कुराकानी भएको बताइएको छ । यस विषयमा कुराकानी गर्नका लागि अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्किीलाई फोन गरेका ह्वाइट हाउसले जानकारी दिएको छ । रुसका कारण यतिबेला युक्रेनमा सुरक्षा खतराको अवस्था देखिएको बताइएको छ । अमेरिकाले रुसले जुनसुकै बेला पनि युक्रेनमाथि हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने जनाएको छ ।

सम्बन्धित समाचार