नायिका रेखा थापाले बिहे गरेकी छन् । थापाले जाजरकोटका बलराम शाहीसँग अदालती बिहे गरेकी हुन् । थापा र शाहीले काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका हुन् ।
शाही पेशाले पर्यटन व्यवसायी हुन् । चलचित्र निर्माता छविराज ओझासँग एक दशकअघि सम्बन्धविच्छेद गरेकी रेखाको यो दोस्रो विवाह हो ।
पछिल्ला दिनमा रेखासँग गहिरो प्रेममा रहेका शाही अमेरिकामा बसेर व्यवसाय गर्दै आएको बुझिएको छ।
रेखा र शाही लामो समयदेखि प्रेम सम्बन्धमा थिए । प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् ।
हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोर्यो मेरो मन, काली, हिम्मतवाली, दुर्गा जस्ता फिल्ममा आफूलाई प्रमुख भूमिकामा उतारेकी अभिनेत्री रेखा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छिन् । हालै उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएर सम्मानजनक मतसहित पराजित भएकी थिइन् ।