नेपालका लागि पूर्वबेलायती राजदूत मोरिसले आत्महत्या गरेको निष्कर्ष

नेपालका लागि पूर्वबेलायती राजदूत रिचर्ड मोरिसले आत्महत्या गरेको खुलेको छ ।

सन् २०१५ देखि ०१९ सम्म नेपालमा राजदूत रहेका ५२ वर्षीय मोरिस नेपालबाट फर्केपछि मे २०२० मा बेलायतको ह्याम्पशायरबाट हराएका थिए । उनी उक्त क्षेत्रमा सन् २०२० मे ६ मा अन्तिम पटक दौडिरहेको अवस्थामा देखिएका थिए । उनको शव चार महिनापछि बेन्ट्ली ह्याम्पशायरस्थित घरनजिकै फेला परेको थियो ।

घटनाबारे भएको न्यायिक जाँचपछि अदालतले मोरिसले आत्महत्या गरेको ठहर गरेको बीबीसीले जनाएको छ ।

बेलायतको कोभिडसम्बन्धी सरकारी कार्यदलमा कार्यरत रहेको अवस्था बेपत्ता भएका मोरिसले गम्भीर र निरन्तर तनाव बेहोरेपछि आत्महत्या गरेको सरकारी अधिकारीहरुको भनाइ छ ।

न्यायिक जाँचमा मोरिसकी श्रीमती एलिसन मोरिसले पनि कोभिड १९ संक्रमणको पहिलो लहरमा दबाबका बीच काम गरेको बताएकी छन् । यसका आधारमा अदालतले मोरिस गम्भीर तनावमा रहेको र ज्यान दिएको निष्कर्ष निकालेको हो ।

सम्बन्धित समाचार