काठमाडौं । युक्रेन र रुसबीचको तनाव बढेपछि अष्ट्रेलियाले युक्रेनस्थित आफ्नो दूतावासका अधिकारी र कर्मचारीलाई बाहिर निकाल्ने निर्णय गरेको छ।युक्रेनमा रहेको अष्ट्रेलियाली दूतावासको कामकाज हाल बन्द छ। युक्रेन छोड्न खोजिरहेका अस्ट्रेलियालीहरूलाई मद्दत गर्न कामदारहरू रोमानिया पठाइएको छ।
केही कर्मचारी र अधिकारीहरूलाई रोमानिया र पोल्याण्ड पठाइएको छ। विदेशमन्त्री मारिस पेनेले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।
यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सुरक्षाका कारण युक्रेनमा रहेका बाँकी कूटनीतिज्ञहरूलाई पोल्याण्डको लुवियो जान भनिएको पुष्टि गरेका छन्। उनले यी कूटनीतिज्ञहरूले पोल्याण्डमा रात बिताउने पुष्टि गरे।