काठमाडौं । भारतले युक्रेनको दुई क्षेत्रलाई स्वतन्त्र गणराज्यको मान्यता दिने रुसी कदमको तत्काल आलोचना गर्न अस्वीकार गरेको छ ।उसले सीमामा भएका हालैका घटनाक्रमहरूले त्यस क्षेत्रको शान्ति र सुरक्षालाई कमजोर पार्ने सम्भावना रहेको र विश्वले सैन्य बढोत्तरी ठेग्न नसक्ने जनाएको छ ।
संयुक्त राष्ट्रसंघका लागि भारतीय स्थायी दूत टीएस त्रिमूर्तिले रुसी सरकारको कदमलाई प्रत्यक्ष आलोचना गरेनन् । उनले युक्रेन र रुसी संघको घोषणासँग सम्बन्धित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन् । समस्या समाधानका लागि भइरहेका प्रयासहरूलाई ठाउँ दिनुपर्ने उनको भनाइ छ ।