रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिएपछि अन्तर्राष्ट्रिय राजनीतिमा तीव्र ध्रुवीकरण सुरु भएको छ । यसैबिच बेलायतका प्रधानमन्त्री बेरिस जोनसनले रुसका पाँच बैंकमाथि प्रतिबन्ध लागएको बताएका छन् ।
बेलायती संसद्को तल्लो सदन हाउस अफ कमन्समा युक्रेन घटनाबारे जानकारी दिने क्रममा उनले पाँच बैंक र तीन अर्बपतिविरुद्ध प्रतिबन्ध घोषणा गरेका हुन् । रोसिया, आईएस बैंक, जनरल बैंक, प्रोम्सभ्याज बैंक र ब्ल्याक सी बैंकमाथि प्रतिबन्ध लगाइएको उनले जानकारी दिएका छन् । त्यस्तै धेरै सम्पत्ति भएका व्यापारीहरू गेनाडी तिमचेन्को, बोरिस रोटेनबर्थ र इगोर रोटेनबर्गमाथि पनि प्रतिबन्ध लगाइएको उनले बताएका छन् । यी सबैं वित्तीय संस्था र व्यक्तिका बेलायतमा भएका सम्पत्ति फ्रिज गरिने उनले बताएका छन् ।
बेलायका प्रधामन्त्री जोनसनका अनुसार रुसको यो कदम युक्रेनमाथि नयाँ आक्रमणको बराबर हो, जसको केही हिस्सा रुसले गैर कानुनी रुपमा २०१४ मा आफ्नो कब्जामा लिएको थियो । उनले अवस्था बिग्रिए नयाँ प्रतिबन्ध लगाउन सकिने बताएका छन् ।