ब्रजिलका राष्ट्रपतिले गरे युक्रेनी राष्ट्रपतिको खिसीटिउरी

ब्रजिलका दक्षिणपन्थी राष्ट्रपति जइर बोल्सोनारुले युक्रेनी राष्ट्रपतिको खिसीटिउरी गर्दै युक्रेनका जनताले एउटा हास्यकलाकारको हातमा विश्वास सुम्पेको टिप्पणी गरेका छन्।

आइतवार एउटा पत्रकार सम्मेलनमा बोलेका बोल्सोनारुले रुसी अतिक्रमणको निन्दा गर्न अस्वीकार गरे।

जारी द्वन्द्वको विषयमा ब्रजिल “तटस्थ” रहेको भन्दै उनले ब्रजिल र रुस “व्यवहारतः दाजुभाइ” भएको बताए।

“हामी पक्ष लिन्नौँ, हामीले तटस्थतालाई जारी राख्नेछौँ र के सम्भव हुन्छ त्यो सहयोग गर्छौँ,” बोल्सोनारुले भने। “युक्रेनी जनसङ्ख्याको ठूलो हिस्सा रुसी भाषा बोल्छ।”

रुसले केही दिनदेखि युक्रेनमा आक्रमण गर्दै आइरहेको छ छ भने त्यहाँका बिभिन्न स्थान कब्जामा लिएको छ । रुसले गत ३ दिनदेखि युक्रेनमा आक्रमण गर्दै आइरहेको छ छ भने त्यहाँका बिभिन्न स्थान कब्जामा लिएको छ ।

रूसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सीमानाका बिन्दुहरूमा युक्रेन छिरेका छन्। युक्रेनमा गोलाबारी र बम हमला भइरहेको छ । यस्तै रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार पनि गरिरहेको छ । बीबीसी

सम्बन्धित समाचार