एक नाबालिग गायिकाले जबरजस्ती करणी कसुरमा उजुरी दिएपछि अहिले अभिनेता पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन् । पछिल्लो समय एक टेलिभिजन कार्यक्रममार्फत ‘रियल हिरो’ को उपाधिसमेत पाएका पललाई सात दिन हिरासतमा राख्ने अदालतबाट अनुमति लिएर तनहुँ प्रहरीले अनुसन्धान जारी राखेको छ । यस प्रकरणबाट अहिले नेपाली कला क्षेत्र नै तरंगित छ ।
प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुल्न थालेका छन् । सुरुको समय यस बिषयमा अधिकांश कलाकर्मी मौन थिए । तर पछिल्लो दिनमा भने सेलेब्रिटीहरु एकपछि अर्को गर्दै खुल्न थालेका हुन् ।
यसैक्रम निर्माता, कलाकार तथा निर्देशक दिपकराज गिरीले पिडित गायिकाले भोगिरहेको आजको नियतीमा आफूलाइ पनि दोषि देखिरहेको बताएका छन् । शुक्रबार सामजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले पिडितलाई सराप्न बन्द गर्न समेत आग्रह गरेका छन् ।
गिरीले छक्का पञ्जा ३ को सुटिगंका क्रममा गायिकालाई भेटेको स्मरण गर्दै उनको प्रगतीमा गर्व गरेको बताएका छन् ।
गिरीले भनेका छन्, ‘आज जे बनिन त्यसमा हाम्रो सहयोग थियो भने उनले आज जे भोगी रहेकी छिन त्यसमा पनि हाम्रो क्षेत्र , हाम्रै सङ्गत, हाम्रै वातावरणको दोष छ कि छैन ? मलाइ यहाँ यो दोषी र यो निर्दोषी भनेर फैसला गर्नु छैन ! त्यो काम मेरो ह’दै होइन मेरो चाहना नाबालिग गायिकालाई सराप्न बन्द गरौँ भन्ने मात्रै हो ‘।म गायिकाको प्रगति मा गर्व गर्छु भने उनले भोगिरहेको आजको नियति मा आफूलाई पनि दोषी देखिरहेको छु’, ।
नाबालिकाले जाहेरी दिएपछि सामाजिक सञ्जालमार्फत निकै आलोचनासमेत खेप्नु परेको छ विशेषत फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमार्फत उनलाई भद्दा प्रतिक्रिया जनाउनेको कमी देखिँदैन । आफूलाई भएको दुर्व्यवहारको निन्दा गर्दै कानुनको सहयोग लिइरहेकी उक्त नाबालिकाको सामाजिक सञ्जालमा चरित्र हत्या भइरहँदा घटनाबारेमा मौनता साँध्ने पनि धेरै छन् ।