रुस-युक्रेन युद्ध : सर्वसाधारण नागरिक मर्ने क्रम बढ्दो

काठमाडौं । युक्रेनमा रुसी सेनाले गरेको आक्रमण परि सर्वसाधारण नागरिक समेत मारिएका छन् । पछिल्लो हमलामा सर्वसाधारण नागरिक मर्ने क्रम बढ्दो छ । राजधानी किभ नजिकैको सहर इरपिनमा रुसी सेनाले गरेको फयरिङमा एक महिला र उनका दुई सन्तानको मृत्यु भएको छ ।

रुसले किभमा बृहत हमलाको तयारी गर्न लागेको युक्रेनका सुरक्षा अधिकारीहरुले चेतावनी दिएका छन् । युक्रेनी शहरहरूमा दशौँ हजार सर्वसाधारण फसिरहेको र त्यहाँ मानवीय संकट गहिरिएको बताइएको छ । यसैबीच, राष्ट्रसंघले युक्रेनबाट १५ लाख मानिस विस्थापित भएको जनाएको छ ।

सम्बन्धित समाचार