रुसले छिमेकी देश युक्रेनमाथि आक्रमण थालेको आज सोमबार १२ औँ दिन हो । अहिलेसम्म युक्रेनको राजधानी किभसहित देशका ठुला सहरहरुमा ठुलो मात्रामा भौतिक तथा मानविय क्षती भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार मानिसको हताहतीको यकिन तथ्यांक नभएपनि युद्ध सुरु भएपछि १२ लाख बढी युक्रेनीले देश छोडेका छन् । यता, रुसले अझै आक्रमणलाई तीव्रता दिइरहेको छ ।
युक्रेनले पनि रुसको सशक्त प्रतिरोध गरिरहेको दाबी गर्दै आएको छ । युक्रेनी सेनाको मनोबल उच्च रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसको पछाडि युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की रहेको बताइन्छ । उनी युद्ध क्षेत्रमै गएर सेनाको मनोबल बढाइरहेको सार्वजनिक तस्बिरमा देखिन्छ ।
तर, रुसको आक्रमण तीव्र बन्दै जाँदा युद्धमा युक्रेनका राष्टपति जेलेन्स्की मारिएको खण्डमा के होला भन्ने प्रश्न धेरैको मनमा उठ्न थालेको छ । सिबिएस न्युज च्यानलका एक संवाददाताले अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनसँगको एक अन्तरवार्ताको क्रममा सो प्रश्न उठाएका हुन् ।
जवाफमा ब्लिङ्कनले त्यसबारे युक्रेन सरकारसँग आकस्मिक योजना रहेको र जेलेन्स्कीको सुरक्षा निकै कडा बनाइरहेको बताएका छन् । ‘युक्रेनसँग योजना छन् । म यसका अहिले नै कुरा गर्ने वाला छैन । सरकारलाई सत्तामा राख्नका लागि के गर्नुपर्छ भन्ने कुरा हामी निश्चित गर्नेछौँ । यसलाई ममाथि छोडिदिनुहोस् ।’ब्लिङ्कनले भने ।
ब्लिङ्कनले थपे, ‘पहिलो कुरा त के हो भने जेलेन्स्की र उनको सरकार पूरा मामिलामा डटिरहेका छन् । मानिसहरुले गज्जबको साहस देखाएका छन् । मृत्युको कुरा टाढाको हो ।’पछिल्लो समय जेलेन्स्कीलाई रुसले पटक पटक आक्रमणको प्रयास गरेको सञ्चारमाध्यमले जनाएका छन् । जेलेन्स्कीले पनि रुसले आफूलार्य मार्न चाहेको बताउँदै आएका छन् ।
Ukraine has a ‘continuity of government’ plan if its Zelensky is assassinated, US Secretary of State Antony Blinken says, https://t.co/tBAOrsBqev
— Autumn 🎶🌻 (@SciRocker) March 7, 2022