थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको ज्यान गयो

काठमाडौं । नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ६ सय ७ पिसिआर परिक्षणका क्रममा ६२ जना र २ हजार ३ सय ७४ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ सय ८९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ६ सय ८६ जना निको भएका छन् । हाल नेपालमा ५ हजार २ सय १२ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार