आमालाई औषधि किन्न जाँदा रुसी सेनाको आक्रमणमा परिन् यूएसएड कर्मचारी

काठमाडौं । आफ्नी बिरामी आमालाई औषधि किन्न जाने क्रममा रुसी आक्रमणमा परि एक युक्रेनी महिलाको ज्यान गएको छ । भ्यालेरिया माक्सेत्स्का नाम गरेकी ती महिला आफ्नी आमा र चालकसँगै राजधानी किभनजिकै मारिएका हुन् । उनी अन्तर्राष्ट्रिय विकाससम्बन्धी अमेरिकी सहयोग नियोग यूएसएडमा कार्यरत थिइन् ।

भ्यालेरिया सुरुमा रुसीहरूबाट घेराबन्दीमा परेका वासिन्दाहरूलाई सहयोग गर्न किभमा बस्ने योजना बनाएकी थिइन् । तर, आमालाई औषधि अभावपछि त्यहाँबाट अन्यत्र जाने निर्णय गरेकी थिइन् । एउटा ट्यांकले भ्यालेरिया र उनकी आमा चढेको गाडिमा गोली चलाएको थियो । पश्चिम किभको एउटा बाटोमा रुसी सेनाको बख्तरबन्दलाई अगाडि बढ्न बाटो दिइरहेका बेला उनीहरु आक्रमणमा परेका थिए ।

सम्बन्धित समाचार