भारत पाकिस्तान क्षेप्यास्त्र प्रहार प्रकरण : जवाफ फर्काउने इमरानको संकेत

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मार्च ९ मा भारतीय पक्षबाट क्षेप्यास्त्र प्रहार भएको विषयलाई लिएर चेतावनी दिएका छन् । आइतबारको भाषणमा खानले भने मिसाइलको जवाफ मिसाइलले नै फर्काउने संकेत गरेका छन् ।

उनले भने ‘मार्च ९ मा के भयो तपाईं सबैलाई थाहा छ । भारतीय पक्षबाट हाम्रो देशमा एउटा क्षेप्यास्त्र प्रहार गरियो । चाहेको भए हामीले त्यसको जवाफ एकै पटक दिन सक्थ्यौँ तर हामीले सचेत भएर काम गऱ्यौँ ।’

मार्च ९ मा भारतीय सेनाले अनआर्म्ड मिसाइल हतियार नभएको क्षेप्यास्त्र गल्तीले प्रहार गरेको थियो । करिब २६१ किमी दुरीमा उक्त मिसाइल पाकिस्तानको मियाँ चान्नु क्षेत्रमा खसेको थियो । यसमा कुनै हतियार नभएकाले कुनै क्षति भने भएन । भारतले आफ्नो गल्ती स्वीकार गर्दै उच्चस्तरीय छानबिन को आदेश दिएको थियो ।

आइतबार हाफिजाबादमा भएको एक भेलामा इमरानले भने, ‘भारतले हाम्रो देशमा मिसाइल प्रहार गरेको थियो । हामीले जवाफ पनि दिन सक्थ्यौँ । तर हामीले धैर्य र संयम भएर काम गऱ्यौँ । हामी मुठभेड चाहँदैनौँ, हामी आफ्नो देशलाई अझ बलियो बनाउन चाहन्छौँ। हामीले आफूलाई जोगाउनुपर्छ । अहिले हाम्रो अर्थतन्त्र पनि झन्झ न् बलियो हुँदै गइरहेको छ।’

सम्बन्धित समाचार