काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत पिरले संगीतको परिधी नाघेर राजनीति वृतमा प्रवेश पाएको छ । उक्त गीतको भिडियो दृश्यलाई लिएर माओवादीहरुले विरोध जनाएका छन् । उनले यस विषयमा स्पष्टीकरण समेत दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा सोमबार लामो स्टाटस लेख्दै सपुतले आफ्नो गीतको भिडिओका दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेको भए आत्मआलोचना गर्ने बताएका छन्।
उनले लेखेका छन् :
नमस्कार !
‘पिर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरू सबैलाई धेरै(धेरै धन्यबाद १ सवैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाइ सवैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो नयाँ गीत पिरुका कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महशुस गरेको छ।
गीतले भन्ने चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ। एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महशुस भएको छ। मैले सवै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु। यतिबेला आफ्नै सिर्जना तपाईंहरूका नजरबाट नियालिरहेको छु। मैले गल्ती गरेको हो कि रु तपाईंहरू ९केही०ले गलत बुझ्नुभएको हो, समिक्षा गर्दैछु।
‘पिरुबाट मैले युद्धकै जगर बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हौं। समानताको लागि एकसाथ लडेका कमरेडहरू बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हौं। एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हौं ! मलाई लागेको ( यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन ररु पत्रपत्रिकाहरूमा त्यसबारे लेखिदै र पढिँदै आएको होइन ररु छर्लङ्गै देखिएको विषय होइन ररु स्वीकारिएको विषय होइन र ?
जसरी यसअघिका गीतहरू ‘बोल माया’, ‘दोहोरी ब्याटल’, ‘गल्बन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’ , ‘मेरो पनि हैन र यो देश’ , ‘कुरा बुझ्न पर्छ’ गीतहरूमा कथा बुन्थें, पात्र बनाउथें , टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड र छायाङकन गर्थें। यसमा पनि त्यही प्रक्रिया छ।
गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु। ६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउनेरबजाउनेर पकाउनेर पस्कने मध्यका थुप्रै सहकर्मीहरू पुर्व लडाकु थिए। उनीहरू चरम निराशाबादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ। संयोगले अहिले निस्क्यो। यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु। प्रतीकात्मक रुपमा दृष्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ुपिरु। यो बिचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरें। केही पात्रहरूसँग भेटेर कुराकानी पनि गरें। केहि पात्रहरू पढें। आम मानिसका भोगाई र संवेदनाहरू बुने र भिडियो बनाएँ। मेरो पेशा र पहिचान यहि हो।
एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिँदैन। पूरै बुझाइ आउँदैन। त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौला। अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो। प्रतीकात्मक रूपमा राखिएका यस्ता दृष्यहरूले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु। यद्यपि मैले भिडिओको सुरूमा यो कुरा लेखेको पनि छु। माफि मागेको छु। अब यस्ता पात्रहरू छन् वा छैनन् भन्नेतर्फ नजाउँ। त्यसो हो भने मुना(मदन छन् कि छैनन्रु सुम्निमा र सोमदत्त खोज्न कहाँ जानेरु सुयोगबिर र सकम्बरी कहाँ होलान रु कहाँ होला घु्म्ने मेच माथि बसेको अन्धो मान्छेरु खैर, भिडियोलाई फेरि एकपटक अ़क्षरशस् हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन। बरु भएभरका परिवर्तनको जस दिइएको छ। भिडियोमा देखिएका पात्रहरू जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरूको अवस्थाको गीत किन नगाउने भन्ने हो। अब भिडियो नै हटाउँदा पो युद्धरआन्दोलन गणतन्त्र र स्वतन्त्रताको अपमान हुने हो किरु म अत्यन्त अन्तरमुखि र शान्त मनुवा हुँ। म सर्जक हुँ, सिर्जना नै मेरो बिचार हो ! आवाज हो। विवाद मेरो स्वभाव र ल्याकतको कुरा होइन ! मैले कसैसँग पनि यो विषयमा सहयोगर सल्लाह लिएको छैन१ त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु।
मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु१ मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला१ कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ। पक्ष रविपक्षमा एकोहोरो भइन्छ ! नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ! विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ। गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समिक्षा गरौ। तर गीतले उठाउन खोजेको मुख्य विषयहरूलाई एकपटक इमान्दार भएर विचार गरौं। समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ। त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो। भिडियो हेरिरहँदा जुन(जुन दृष्यले सन्बन्धित साथीहरूलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यस प्रति म फेरी पनि क्षमा चाहन्छु। यसलाई कलाको दुष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु । कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई द्वुविधामा नपारौं। न अल्झाउँ१ किनकी समाजमा टिप्नुपर्ने कैयौं कथा छन । गाउनुपर्ने कयौं, गित छन्१ तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरू छन्। प्रश्नहरूलाई निरुत्साहित नगरिदिनुहोस्।’