काठमाडौं । ऋतुहरुको राजा बसन्त याम हो । यो समयमा सहरबजार, बनपाखा, गाउँघर फुलले ढकमक्क हुन्छन् । बसन्त ऋतुमा प्रकृतिले सिंगारपटर गर्छिन । सुन्दर देखिन्छन् । अझ बनपाखामा फुलेको लाली गुराँसले प्रकृतिको सुन्दरतामा थप सुन्दरतामा थप्छ । लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने गर्दछ ।