मोबाइल सिरानी छेउमा राखेर सुत्ने बानी छ, भने आज नै त्याग्नुहोस्

काठमाडौं । अहिले त हाम्रो मोबाइल बोक्नु कुनै रमाइलो होइन, बाध्यकारी जीवनशैली जस्तै भइसकेको छ । मोबाइल नहुने हो भने केही समय पनि कटाउन गाह्रो हुन्छ । तर धेरै मोबाइल प्रयोग गर्दा स्वास्थ र मानिसको जिवनमा प्रतिकुल असर पर्ने कुरा सबैलाई अवगत नै छ ।

बेलुकी विस्तारामा होस् या बिहान उठ्ने वित्तिकै हामी मोबाइल चलाउन थालिहाल्छौँ । तर, बेलायतको एक्जिटरलगायतका केही विश्वविद्यालयमा गरेको अध्ययनले सिरानी छेउ मोबाइल राखेर सुत्दा निकै धेरै समस्या आउन सक्ने पत्ता लगाएको छ ।

अन्तर्राष्ट्रिय क्यान्सर रिसर्च एजेन्सीले मोबाइल फोनबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक विकिरणलाई सम्भावित क्यार्सिनोजेनको श्रेणीमा राखेको छ । मोबाइलको अत्याधिक प्रयोगले कानमा ट्युमर पलाउन सक्ने र क्यान्सर हुने सम्भावना बढ्ने उसको अध्ययनले देखाएको छ ।

त्यस्तै, बेलायती विश्वविद्यालयहरुले गरेको एउटा अध्ययनले मोबाइल फोनबाट निस्कने विकिरणको नपुंसकतासँग सम्बन्ध हुने पत्ता लगाएको थियो । मोबाइल फोनको अत्याधिक प्रयोगले पुरुषमा शुक्राणुको उत्पादन घटाउनुका शुक्राणुको गति पनि सुस्त बनाउने त्यो अध्ययनको निष्कर्ष थियो । इजरायलको विश्वविद्यालयले गरेको अध्ययनले त सुत्नुभन्दा आधा घन्टा अगाडि नै मोबाइल फोनको प्रयोग रोक्नु पर्ने बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार