विमानस्थलमा खोप नलगाएका र लक्षण देखिएकाहरुको मात्र कोरोना परीक्षण हुने

काठमाडौं । काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ ।

सरकारले पूर्ण खोप लगाएका तथा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण नदेखिएकाहरुको भने स्वास्थ्य परीक्षण नगर्ने व्यवस्था गरेको छ ।
मन्त्रालयले पूर्ण खोप प्राप्त नगरेका वा ७२ घन्टाको पीसीआर रिपोर्ट नेगेटिभ नभएका, पूर्ण खोप वा पीसीआर रिपोर्ट नेगेटिभ भए पनि कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले नाकामा कोभिड १९ परीक्षण गराउनुपर्ने बताएको छ ।

यस्तै पूर्ण खोप नलगाएका ५ वर्षमुनिका बालबालिकामा पनि लक्षण देखिएमा नाकामा परीक्षण हुने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार