फेसबुकविरुद्ध मुद्दा हाल्न प्रियङ्का कार्की कानुनी परामर्शमा

काठमाडौं । क्रिप्टोकरेन्सीसम्बन्धी मुद्धामा आफ्नो फोटोका दुरुपयोग गरी चरित्र हत्या गरिएको भन्दै अभिनेत्री अभिनेत्री प्रियङ्का कार्कीले आफूले कानुनी उपचारबारे परामर्श थालेको बताएकी छिन् । बीबीसीसँगको कुरामा उनले यस्तो बताएकी हुन् ।

फेसबुकको एउटा ‘स्पोन्सर्ड’ पोस्टमा कार्कीको फोटोसहित ‘इन्भिजिबलफ्रेन्ड्स डट को’ नामक वेबसाइटको लिङ्क राखिएको विज्ञापन केही दिनअघि देखा परेको थियो।

त्यसपछि उक्त विषयमा आइतवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीसँग सोधपुछ गरेको थियो।अभिनेत्री कार्कीका अनुसार क्रिप्टोसम्बन्धी विज्ञापन देखेर नेपाल राष्ट्र ब्याङ्कले सीआईबीलाई जानकारी दिएपछि उसले आफूलाई सोधपुछका लागि बोलाएको थियो।
आफ्नो सहमतिबेगर गैरकानुनी कारोबारसम्बन्धी विज्ञापनमा तस्बिर प्रयोग गरेर चरित्रहत्या गरिएको अभिनेत्री कार्कीले बताइन्।उनका अनुसार फेसबुकमा स्पोन्सर्ड पोस्ट गरेको वेबसाइट ूसिङ्गापुरमा दर्ता भएकोू प्रहरीले पत्ता लगाएको छ।

‘फेसबुकविरुद्ध नै मुद्दा हाल्ने कि सिङ्गापुरमा दर्ता भएको त्यो वेबसाइटविरुद्ध मुद्दा हाल्ने भन्ने विषयमा लीगल टीमसँग मेरो कुरा भइरहेको छ,’ अभिनेत्री कार्कीले भनिन्। इन्भिजिबलफ्रेन्ड्स डट कोु ले आउटसोर्स गरेर स्थानीय विज्ञापन नेपालमा बनाउन लगाएको र त्यसका लागि कसै न कसैलाई नेपालमा हात लिएको हुनुपर्ने उनको ठम्याइ छ।

सम्बन्धित समाचार