पेटको बोसो घटाउने हो ? दैनिक खानुहोस् यी खानेकुरा

स्लिम पेट कसलाई मन नपर्ला र र ? तर दुर्भाग्य अस्वस्थकर खानपान, प्रदुषित वातावरण, व्यस्त जीवनशैली आदीका कारणले हिजोआज महिला तथा पुरुष दुवैको पेट पुटुक्क देखिन्छ । अर्थात् पेटमा बोसो जमेको छ । त्यसले शरिरहको आकर्षणलाई मात्रै विगार्दैन विभिन्न खालका रोगहरु पनि तिनैका कारण लाग्दछन् । त्यसैले पेट घटाउने मन सबैलाई हुन्छ । तर कसरी ?

आफ्नो दैनिकी कागतीको रसबाट सुरु गर्नुहोस् । कागति पानी खानूपहिले काँचो लसुन खानुहोस् ।
१.शारारिक ब्यायाम गर्नुहोस् ।
२.राती छिटै सुत्ने र बिहान चाडै उठ्ने बानी गर्ने ।
३.नियमित रुपमा शारीरिक कसरत गर्ने ।
४.बढि भात खाने बानी त्याग्नुहोस् । भातको सातो गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार खानुहोस् । फाइबरयुक्त खानेकुरा खाँदा राम्रो स् यदि तपाईं भात नखाई हुँदैन भन्ने किसीमको बानी छ भने खानमा सोखिन हुनुहुन्छ भने बढि सेतो चामलको भात खाने बानी त्याग्नुहोस् । ब्राउन राईस खानुहोस् ।

१.फलफूल खानुहोस् ।
२.व्यायाम गर्नुहोस् ।
३.तनाव कम गर्नुहोस् ।
४.पुरा निन्द्रा निदाउनुहोस् ।
५.मध्यपान बन्द गर्नुहोस् ।
६.बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् ।
७.गुलिया परिकार जस्तै मिठाइ, चिनियुक्त गुलियो ड्रिंक्स, तथा तारेको खानेकुरा बढी नखानुहोस् ।
८.प्रसस्त मात्रामा पानी पिउनुहोस् ।
९.मासुजन्य तथा बोसोयुक्त परिकारको सेवन अत्यन्तै कम गर्नुहोस् ।
१०.धनियाँको जुस पनि मिलेसम्म सेवन गर्नुहोस् ।
११.एलोभेरा जुस पिउनुहोस् ।
१२.ग्रिन टीको सेवन गर्नुहोस् ।
१३.अदुवाको रस पिउनुहोस् । यसमा दालचिनी मिसाए झनै राम्रो
१४.तरकारीमा अदुवा, लसुन, मरिच तथा दालचिनी जस्ता मसला राखेर पकाउनुहोस् । तर धेरै चिल्लोचापुल्लो तथा सरमसला प्रयोग नगर्नुहोस् । केरा, पुदिना, बदामको प्रयोग गर्नुहोस् ।
र अन्त्यमा सकारात्मक जीवन जिउनुहोस् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार