काठमाडौं। नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको ओरोप लागेका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) विरुद्धको मुद्धामा आज पनि बहस जारी छ ।
पीडितका पक्षमा बुधबार ९ जना कानुन व्यवसायीले बहस गरेका थिए।पीडितको पक्षबाट बुधबार जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए।
पलका पक्षबाट बुधबार २ जनाले बहस गरेका थिए भने बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेको बहस टुङ्गिएको छैन।आज बिहान ११ बजेदेखि वाग्लेको बहस फेरि सुरू हुनेछ।
थुनछेक बहसमा पीडितका पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीले पीडकलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका छन्।थुनछेक बहस सकिएपछि अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउने कि धरौटी वा तारेखमा छाड्ने भन्ने निर्णय आउनेछ।