दाँत उखेल्दा महिलाको ज्यान गएपछि…

दुई वर्षदेखि फरार रहेका कान्तिपुर डेन्टल प्रालिका सञ्चालक सञ्जयकुमार महतोलाई पक्राउ गरेको छ। प्रहरीले बिहीबार बेलुका पक्राउ गरेको हो।धनुषा बटेश्वर गाउँपालिका(३ स्थायी घर भएका महतोलाई बर्दिबास बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।महतो धनुषा मिथिला नगरपालिका(९ की १९ वर्षीया रानी सिंहको उपचारमा संलग्न भएका थिए।

२०७६ साल चैत ८ गते सिंहलाई कान्तिपुर डेन्टलमा लगिएको थियो। उनका ६ वटा दाँत फुकालिएको थियो। भर्खरै मात्र विवाह गरेकी सिंहको सोही दिन बेलुका अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको थियो। रक्तश्राव भएपछि सिंहलाई उपचारका लागि ढल्केवर हुँदै जनकपुर पुर्‍याइएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार